सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यसपटक मौन अवधि छैन, तर १ मंसिर रातिदेखि प्रचारप्रसार गर्न पाइँदैन : प्रमुख आयुक्त थपलिया

सोमबार, कार्तिक २८ २०७९

काठमाडौं  । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन् । 

निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि नराखिएको जानकारी दिए । तर, मतदानको ४८ घण्टादेखि चुनावी प्रसारप्रचार गर्न नपाइने उनले बताए । 

मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिएका उनले उक्त अवधिलाई यसपटक मौन अवधि नभएको र प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको बताए ।  

उनले उक्त समयावधिमा हुन सक्ने आचारसंहिताविपरीतका गतिविधिलाई रोक्ने गरी आयोगले काम गरिरहेको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले यस पटक धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए । १ मंसिर रातिदेखि प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ ।