सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एमाले अध्यक्ष ओलीले आज चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने

सोमबार, कार्तिक २८ २०७९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवन र सिन्धुली गरी दुईवटा चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओली पहिले चितवन जानेछन् भने दिउँसो सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्वोधन गरेका थिए ।

आइतवार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा आयोजना गरिएका विशाल आमसभालाई सम्बोधन गरेका उनले बिहिबार र शुक्रबार गृहजिल्ला झापा र सुनसरीका चुनावी सभालाई सम्बोधन गरेका थिए ।