काठमाडौं । मंसीर ४ नजिकिँदै गर्दा सत्ता गठबन्धन विपक्षीमाथि भौतिक आक्रमणमा उत्रिएको छ ।
पछिल्ला दिनमा दलहरुले चुनावी प्रचारलाई तिव्रता बनाइरहँदा सत्ताधारी गठबन्धन कांग्रेस र माओवादीका कार्यकर्ता विपक्षी उम्मेदवार र उम्मेदवारका समर्थकमाथि जाइलाग्न थालेका छन् ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि आइतबार आक्रमण भयो।
चितवनको लेवाटारमा घरदैलो कार्यक्रम गरिरहेको समयमा उनको प्रचारमा प्रयोग भएको गाडीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण गरे। गाडी तोडफोड भएको छ ।
सामाजिक सञ्जालमा छरपस्ट भिडियोमा गठबन्धनका कार्यकर्ताले गाडीमा ढुंगा हान्नुका साथै गाडीमाथि चढेर अगाडिको सिमामा बुट बजारेको देखिन्छ । साथै उनीहरुले रविका समर्थकलाई गाली गलौच गरेको सुनिन्छ । आक्रमणमा लामिछानेका दुई जना समर्थक घाइते भएको जनाइएको छ ।
यसैगरी गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण भएको हो ।
गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका-७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण भएकाे हाे ।
`हामी प्रचारको काम सकेर खाना खाँदै थियौँ । त्यहीँ रहेका केटाहरूले एक्कासि बियरको बोतलले हान्न थाले,´ एक प्रत्यक्षदर्शीले शिलापत्रसँग भने,`दोहोरो झडप भने भएन ।´
घटनामा एमालेका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा चोट लागेको छ । उनकाे टाउकोमा सातवटा टाँका लगाएर थप उपचारका लागि राति नै काठमाडौं ल्याइएकाे छ ।
प्रहरीले घटनामा संलग्न रहेकाे आराेपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । तीन जना घटनापछि भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आक्रमणकारी कुन दल समर्थक हुन् भनेर प्रहरीले नभनेको भएपनि प्रत्यक्षदर्शीका अनुसार उनीहरु गठबन्धन पक्षधर रहेको हुनसक्ने आशंका गरिएको छ ।
गोरखा–२ मा नेकपा (एमाले) बाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँ छन् भने गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिस्पर्धामा छन् ।
यसैगरी दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी केही व्यक्ति गम्भीर घाइते समेत भएका छन् ।