सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुन्छ : कमल थापा

सोमबार, कार्तिक २८ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी गरेका छन् । 

अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरे ।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठवन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले सामाजिक मा लेखेका छन् । 

राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन् ।