सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

खोटाङे जनताले शिर निहुर्‍याउनु पर्ने काम कहिले गर्दिन : विशाल भट्टराई

सोमबार, कार्तिक २८ २०७९

खोटाङ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले खोटाङे जनताले शिर निहुर्याउनु पर्ने काम कहिले पनि नगर्ने बताएका छन् ।

साकेला गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले खोटाङको दुई प्रदेश र संघमा एमालेको जित सुनिश्चित भइसकेको र आफूले खोटाङे जनताले शिर निहुर्याउनु पर्ने काम कहिले पनि नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उनले भने, देशैभर एमालेको पक्षमा लहर चलेको छ एमालेविरुद्ध एक्ला–एक्लै लड्न नसक्ने दलहरू गठबन्धन गरेर चुनावमा आएका छन् । उनले भने, ‘एमालेसँग सिंगल सिंगल लड्ने पार्टी अब यो देशमा छैन,संसारमा गठबन्धनले राष्ट्र निर्माण गरेको कुनै इतिहास छैन । एमालेमात्र एक्लै राष्ट्र निर्माणको बाटोमा छ । गठबन्धनले हात उठाएर आत्मसमर्पण गरिसकेको अवस्था छ ।’

गठबन्धनको एउटै एजेण्डा एमालेको विरोध गर्नु रहेको भन्दै उनले देश बनाउने अठोट एमालेसँग मात्र भएको दाबी गरे । उनले आफू खोटाङे जनताको हरपल दुखसुखको सारथी भएको बताए ।

अर्को प्रसंगमा एमाले प्रमुख सचेतक समेत रहेका उनले आफू र विपक्षीले खोटाङमा गरेको विकासबारे सार्वजनिक रूपमा बहसका लागि चुनौती समेत दिए ।