सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गोरखा–२ का उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण, एक जना घाइते

सोमबार, कार्तिक २८ २०७९

काठमाडौं  । गोरखा–२ मा नेकपा (एमाले) बाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ ।

आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो । खाना खाँदै गरेका मियाँका सहयोगीमाथि एक्कासी आक्रमण गरिएको हो । उनीहरुले टेबुल, कुर्सि तोडफोड गरेका छन् ।  घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए ।

Capture.JPG

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।

रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।

यस क्षेत्रमा गठबन्धनबाट माओवादी केन्दंका अध्यक्ष प्रचण्ड प्रतिस्पर्धामा छन् ।