बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

आइतबार, कार्तिक २७ २०७९

होटल तथा पर्यटन बाहेक सबै समुहले गुमाए

काठमाडौं, नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १० दशमलव ५४ अंकले घटेर १८ सय ८३ दशमलव १६ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको १९ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएका छन् भने आज कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार सात सय छ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार हुंदा होटल तथा पर्यटन समुहको सुुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ३० अंकले घटेर १३ सय ३१ दशमलव ७९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २० दशमलव ४६ अंकले घटेर १९ सय २३ दशमलव ७७ अंकमा पुुगेको छ । जीवन बीमा समुहको समुहको सुुचक पनि ७० दशमलव ७३ अंकले घटेर आठ हजार आठ सय ३४ दशमलव ३२ अंकमा पुगेको छ भने  निर्जिवन बीमा समुहको सुचक पनि १८ दशमलव ४४ अंकले घटेर सात हजार पाँच सय २७ दशमलव दुई अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी इक्विटी फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नविल व्यालेन्स फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट लिमिटेड परेको छ ।