सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

टी-२० विश्वकप फाइनल : पाकिस्तान र इंग्ल्याण्डबीच आज  प्रतिस्पर्धा

आइतबार, कार्तिक २७ २०७९

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको फाइनल खेलकाे आज प्रतिस्पर्धा हुँदै छ। 

उपाधिका लागि आइतबार पाकिस्तान र इंग्ल्याण्ड खेल्दै छन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुने छ ।

मेलबर्नमा हुने आइतबारको खेल वर्षाले प्रभावित हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ ।

दुवै टोली आ–आफ्नो समूहको उपविजेताको हैसयतमा सेमिफाइनल पुगेका थिए। 

पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्डले भारतलाई पराजित गर्दै फाइलमा स्थान बनाएको थियो ।

पाकिस्तान र इंग्ल्याण्डले यसअघि एकएक पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

पाकिस्तानले सन् २००९ मा भएको विश्वकपको उपाधि जितेको थियो भने इंग्ल्याण्डले सन् २०१० मा भएको टी–२० विश्वकपको उपाधि जितेको थियो ।