बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

वृद्धमाथि करणी मुद्दा !

बुधबार, चैत्र ३० २०७३

महोत्तरी, ३० चैत ।

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त डिएसपी दीपक पोखरेलकाअनुसार  पिपरा –२ का ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले  १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो । 

स्थानीय आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर फर्कने क्रममा गत १७ चैतमा पाण्डेले ती बालिकालाई आफ्नो घरभित्र लगेर बलात्कार गरेको आरोप लगाइएको छ । 

पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेमाथि मुद्दा दर्ता गरेको छ भने फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी  परिचालन गरिएको पोखरेलले बताए ।