बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

फैसला उल्टाउन पल शाहले उच्च अदालत गुहारे

शनिबार, कार्तिक २६ २०७९

काठमाडौँ – नाबालिग बलात्कारमा नवलपुर जिल्ला अदालतले थुनामा पठाएका अभिनेता पल शाहले फैसला उल्टाउन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

तनहुँ कारागारमा रहेका उनी जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालत गएका हुन्।

नाबालिकामाथि बलात्कारको आरोप लागेका पल शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गरेको थियो। साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।