सिरहा । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सिरहा–४ बाट सत्ता गठबन्धनलाई चुनौति दिँदै डा. वीरेन्द्र महतो मैदानमा उत्रिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनको प्रभाव देखेर सत्ता गठबन्धनका उम्मेदवार धर्मनाथ साहको अलाप सुरु भएको छ।
मतदाताबीचको प्रारम्भिक सर्वेक्षणमा डा. महतोको प्रभाव बलियो देखिएको छ । उनलाई नेकपा एमालेको पनि सहयोग रहेको छ । राजनीतिमा लामो समयदेखि योगदान गरे पनि चुनावी प्रतिस्पर्धा गर्दै संसदीय अभ्यासमा भने डा. महतोले पहिलो पटक मैदान रोजेका हुन्।
०६४ र ०७० मा संविधानसभाको रुपमा काम गरेका डा. महतोले यसपटक प्रत्यक्षमा उम्मेदवारी दिनुको कारण भनेको जनताबाट प्रत्यक्ष रुपमा अनुमोदिन हुन खोजेको सुनाए ।
सफल व्यावसायी रहेका उनी कुशल राजनीतिज्ञको लयमा बाँधिएका हुन्। जसपाको राम्रो प्रभाव रहेको उक्त क्षेत्रमा एमालेको दरिलो मतले डा. महतोलाई प्रतिस्पर्धी साहमाथि जित निकाल्न सहज हुने बताइन्छ।
सिरहा–४ बाट प्रत्यक्षतर्फका उम्मेदवार डा. वीरेन्द्र प्रसाद महतोले मुलुक समृद्ध बनाउनेबाहेक आफ्नो अर्को एजेण्डा नभएको बताएका छन् ।
उनले भने, ‘यो जिल्लामा गर्नुपर्नै काम धेरै छन् । यो क्षेत्रका बहुसंख्यक जनता कृषिमा आधारित छन् । हामीले कृषिमा आधुनीकीकरण गर्नुपर्ने छ, बेरोजगारीको समस्या त्यस्तै छ, त्यसमा पनि योगदान गर्नुछ, स्वास्थ्य र शिक्षाको समस्या त्यस्तै छ । यसमा सुधार गर्नुछ । कृषि बजार व्यवस्थित् भएको छैन । यी क्षेत्रमा मेरो योगदान हुनेछ ।’
एक जना स्थानीयवासी भन्छन्,‘विकासको लागि, देशको लागि केही गर्नुपर्छ भन्ने डा. वीरेन्द्रलाई देखेको छ। म त बिजय घोषित नै गर्छु, माहाेल राम्रो बनिसकेको छ।’
सर्वसाधारणले भने जस्तै डा. महतो विकासका निम्ति हुटहुटी भएका व्यक्ति हुन्। राजनीतिक नेतृत्वमा परिवर्तन र संसदमा विकासका एजेन्डालाई स्थापित गर्नुपर्छ भन्ने मानक हुन्, महतो। ‘विकासको सवाल अनिवार्य सर्त हो। यसलगायत यस क्षेत्रको शिक्षा र स्वास्थ्यको स्तरको उन्नती र साक्षरताको प्रतिशतलाई बेजोड गति दिने लक्ष्य राखेको छु’, महतो भन्छन्,‘यी सबै गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीति र त्यसको कार्यान्वयन गर्ने थलो संसदको यात्रा अनिवार्य भएपछि चुनावी प्रतिस्पर्धालाई रोजेको छु।’
व्यवस्था परिवर्तन भए पनि जनताका दैनिकीमा खासै कुनै पनि प्रगति नभएपछि त्यसको मार्गचित्र कोर्दै उद्देश्यलाई स्थापित गर्नका लागि डा. महतो अग्रसर भए। नेपालको अर्थतन्त्रलाई कसरी उत्थान गर्न सकिन्छ भन्ने राम्रो जानकारी राखेका महतोको खाँचो संसदले पनि गरेको सर्वसाधारण बताउँछन् ।
विभिन्न पटक अनेक पार्टीका नेतालाई मत हाले पनि परिणाम आउन नसकेपछि मतदाताको विकल्पको खोजीमा थिए। महतो परम्परागत राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादीको विकल्पका रुपमा स्थापित हुन सक्ने आँकलन गरिएको छ ।
चुनावी मैदानमा नहुँदा नै यस क्षेत्रका युवालाई रोजगारी, स्थानीय स्तरमा आर्थिकदेखि सामाजिक सहयोगमा महतोको सक्रियता कम रहेको थिएन। राजनीतिभन्दा अलग रहेर नै सेवा गर्ने राजनीतिमा आएपछि झनै उपलब्धी हुने भएपछि मतदाताको मागअनुसार नै उनी चुनावी मैदानमा उत्रिएका हुन्।
उपेन्द्र यादव नेतृत्वको जसपाले उनलाई मैदानमा उतारेर मधेसको आर्थिक उत्थानको केन्द्रीय आवाज अझ बलियो हुने निचोड निकाल्यो र उम्मेदवार बनाएको थियो।