सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राप्रपाको आज काठमाडौंमा हुने चुनावी सभालाई मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

शुक्रबार, कार्तिक २५ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपाले आज काठमाडौंमा आमसभा गर्न लागेको हो ।

चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । 

राप्रपाले काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ ।

उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा,  प्रकाशचन्द्र लोहनी र अभिनेत्री मनिषा कोईरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।