बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मनिषा कोइरालाले राजेन्द्र लिङ्देनलाई सघाउने

शुक्रबार, कार्तिक २५ २०७९

काठमाडौँ – चर्चित बलिउड अभिनेत्री  मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् ।

कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी  कोइरालाले राप्रपाको कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएकी हुन् ।

अभिनेत्री कोइरालाले दिउँसो १ : ०० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि उनले पोखरा र स्याङजामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।