सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

बिहिबार, कार्तिक २४ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को आइसल्याण्डमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेकी थिइन्।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् ।

उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेकी थिइन्। १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी हुन् ।

राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ।