३९ अंकले घट्दा एक अर्ब ४० करोड रुपैंयाँको कारोबार
काठमाडौं, नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से आज बुधबार ३९ दशमलव १५ अंकले घटेर एक हजार नौं सय १७ दशमलव २२ पुगेको छ भने सेन्सिटिभ पनि सात दशमलव ६८ अंकले घटेर तीन सय ७६ दशमलव ५३ अंकमा पुगेको छ । आज दुई सय २३ वटा कम्पनीहरुको २४ हजार तीन सय ८८ पटकको कारोबारमा ३६ लाख ९७ हजार सात सय २३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ४० करोड ७३ लाख ९५ हजार चार सय ३७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव चार अंकले घटेर १३ सय ४६ दशमलव ३० अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय १० दशमलव ९७ अंकले घटेर तीन हजार तीन सय ७८ दशमलव ८४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५३ दशमलव छ अंकले घटेर १९ सय ८५ दशमलव ४० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४४ दशमलव ३६ अंकले घटेर सात हजार छ सय ३३ दशमलव ९९ पुगेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपरहेवा खोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एक्सेल डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ ।