बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चुनाव जित्नु कता-कता, सत्ता गठबन्धन भित्र भावी प्रधानमन्त्रीकाे होडबाजी

बुधबार, कार्तिक २३ २०७९

काठमाडौं । सत्ता गठबन्धन भित्रका नेताहरुबीच आगामी निर्वाचन पछि को प्रधानमन्त्री बन्ने भनेर स्वघोषणाको होडबाजी नै चलेको छ ।

प्रमुख प्रतिपक्षले एमालेले आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावी प्रचारप्रसार होमिएको बेला सत्ता गठबन्धन भने आआफूलाई नै भावी प्रधानमन्त्रीको दाबी गर्न थालेका छन् । यस अघि प्रमुख प्रतिपक्षले  ‘पाँचदलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? भनेर प्रश्न गरिरह्यो । त्यसको जवाफ गटबन्धन वालाले दिन सकेनन् । सत्ता गठबन्धनकै तर्फबाट भावी प्रधानमन्त्री घोषणा गर्न नचाहेका नेताहरूले आफूलाई भने प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्न थालेका छन् ।

सत्तामा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, बाबुरामको समाजवादी पार्टी, चित्रबहादुर केसीको जनमोर्चा र पछि सत्तागठबन्धनलाई समर्थन गरेर चुनावी गठबन्धनका रहेको लोसपा मध्ये सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस भित्र भावी प्रधानमन्त्रीको होडबाजी नै चल्न थालेको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा मात्र होइन उसका आधा दर्जन नेता भावी प्रधानमन्त्री आफू नै हो भन्दै भाषण गर्न थालेका छन् । यसै गरी माओवादी केन्द्रले पनि भावी प्रधानमन्त्रीमा आफ्नो दाबी रहने स्पष्ट बताइरहेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापा पनि भावी प्रधानमन्त्रीमा आफ्नो सशक्त दाबी रहने बताउन थालेका छन् ।

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताए । उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधिसभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भई देशको विकास गर्नु रहेको जिकिर गरे ।

यसैगरी १७ पटक प्रधानमन्त्री चुन्ने प्रक्रियामा छानिन नसकेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भावी प्रधानमन्त्री हुने इच्छा व्यक्त गरिरहेका छन् । पछिल्लो समय उनले सार्वजनिक मञ्चहरूमा कार्यकारी पदमा बसेर काम गर्ने इच्छा र साहस दुवै छ आफूसँग रहेको बताउँदै आएका छन् ।

कांग्रेसबाटै भावी प्रधानमन्त्री हुने अभिलाषा रामचन्द्र पौडेल, शशांक कोइराला र गगन थापा, विश्वप्रकाश शर्मा मात्र होइन शेखर कोइरालाको पनि छ । उनले खुलेर भावी प्रधानमन्त्री आफू हुने नबताएपनि उनका पछिल्ला गतिविधि र मौनताले प्रधानमन्त्री बन्ने लाइनमा उनी उभिन सक्ने अनुमान गरिएको छ ।

यसैगरी कांग्रेस नेता प्रकाशमान सिंहले पनि चुनावी जितेर भावी प्रधानमन्त्री बन्ने इच्छा रहेको अभिव्यत्ति दिँदै आएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई दाबेदारका रूपमा प्रस्तुत गर्ने गरेका छन् । काग्रेसमा जस्तो माओवादी भित्र भावी प्रधानमन्त्रीको दावी कर्ता अरु छैन ।  प्रचण्ड त्यस पार्टीबाट प्रधानमन्त्रीका लागि निर्विकल्प हुन्।

यसैगरी सत्ताधारी अर्को दल नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपालको आंकाक्षा पनि दोस्रो पटक प्रधानमन्त्री हुने छ। सातौं पटक संसद छिर्ने तयारीमा रहेका नेपाललाई ७५ वर्षपछि राजनीतिबाट अवकास लिन मन छ। त्यसैले अवसर पाए सरकारको नेतृत्व गर्ने, नभए शक्ति बाँडफाँटमा पार्टीलाई महत्वपूर्ण पद दिलाउने पक्षमा उनी छन् ।

‘गठबन्धनभित्र अहिलेनै शक्ति बाँडफाँटमा हामी प्रवेश गरेका छैनौँ, अहिले हाम्रो सम्पूर्ण ध्यान बहुमत ल्याउनेमा छ। मैले नेताहरूलाई अवकासबारे पनि प्रस्ताव गरेको छु अवसर पाए मुलुकको नेतृत्वका लागि तयारनै छु,’ नेता नेपालले भनेका छन् ।

अहिलेसम्म मौन बसेका वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भावी प्रधानमन्त्रीका बारे मौन छन् । उनको मौनताको अर्थ अर्कै हुन सक्छ । उनी ज्योतिषीले भनेझैँ प्रधानमन्त्रीमा सातौं पटक नाम लेखेर कृतिमानी राख्न चाहान्छन् । यदी आगामी निर्वाचनमा सत्ता गठबन्धनकै बहुमत आए देशले निकाश होइन प्रधानमन्त्री को बन्ने र कस्लाई कतिबेला हटाउने भन्ने मै नेपाली राजनीतिक पुन पाँच बर्ष रुमल्लिने विश्लेषण हुन थालेको छ ।