बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्यूठानमा जीप दुर्घटना,  तीन जनाको मृत्यु

बुधबार, कार्तिक २३ २०७९

प्यूठान । प्यूठानमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र  मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।