बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद

बुधबार, कार्तिक २३ २०७९

कैलाली – कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ स्थित कोल्मुडा जंगलबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल निर्वाचन सुरक्षा वेश कैलालीले बरामद गरेको हो ।

बरामद बन्दुक ईलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाईएको छ ।