बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रवासी नेपाली मञ्चका नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै ओलीले भने : नाकाबन्दीताका उठाएको आवाजका लागि धन्यवाद

मंगलबार, कार्तिक २२ २०७९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय समितिको  नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित नयाँ कार्य समितिलाई बधाई र निवर्तमान कार्य समितिलाई विदाई कार्यक्रममा अध्यक्ष ओलीले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई खादा र पार्टीका उपमहासचिव विष्णु रिमालले अवीर लगाई बधाई दिएका हुन् ।

सो अवसरमा अध्यक्ष ओलीले मुलुक निर्वाचनको महत्वपूूर्ण घडीमा रहेको र यो निर्वाचन मुलुकलाई कता लैजाने भन्ने निर्णायक अभिमतको लडाईंका रुपमा रहेको भन्दै स्वदेश र विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीले देशहितमा रहेको एमालेका पक्षमा मतदान गर्न र गर्ने कुरामा सबैलाई प्रेरित गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले छिमेकी मुलुक भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा प्रवासमा रहेका नेपालीले अन्तर्राष्ट्रिय जगतमा उठाएको आवाजका कारण नेपालले स्वाभिमानका साथ नाकाबन्दी असफल पार्न सकेको स्मरण गर्दै त्यसका लागि धन्यवाद दिए ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिको प्रथम अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौंमा सम्पन्न भएको थियो । ३७ देशबाट प्रतिनिधित्व रहेको अधिवेशनले संजय थापा (अमेरिका) को अध्यक्षतामा नयाँ कार्य समिति  निर्वाचित गरेको छ । सर्वसम्मतरुपमा चयन गरिएको कार्य समितिको उपाध्यक्षमा रमेश पाण्डे, सचिवमा हेम शेर्पा, दुई उपसचिवमा चानक पोखरेल र कर्ण शाही छन् ।
 
त्यसैगरी, सदस्यहरुमा कमलमणि गुरागाईं, गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया, सरस्वती केसी, कल्पना त्रिपाठी, विमला भण्डारी, शिव वरुवाल, हेमराज जोशी, तीर्थ गौतम, ज्योती शर्मा, महेश गिरी, बलराम गिरी, डा। विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल,  सुरेश केसी, डा।सरोज कणेल, सन्जु केसी, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्र्की, पुरुषोतम वोहरा र राजेन्द्र सिवाकोटी छन् ।