सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु 

मंगलबार, कार्तिक २२ २०७९

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ । 

लु ५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।  

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको  भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।