काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला प्रतितोला ३०० रुपैयाँले घटेकाे छ ।
आज सुनको मूल्य घटेकाे र चाँदीको स्थिर रहेको महासंघले जनाएको छ ।
जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।
यससँगै, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएको छ ।