सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रचण्डले आज कर्णालीका ५ चुनावी सभालाई सम्बोधन गर्ने

मंगलबार, कार्तिक २२ २०७९

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

चुनावी अभियानका क्रममा उनी आज कर्णाली प्रदेशमा व्यस्त हुने भएका छन् ।  आज उनले कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

 प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने छन् । 

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि जाँदैछन् ।