बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमी वायुको सामान्य प्रभाव : केही स्थानमा हल्का वर्षाको सम्भावना

मंगलबार, कार्तिक २२ २०७९

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम  सफा रहनेछ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । 

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।