काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दुक लिएर नभई वार्ता गरेर जमिन फिर्ता ल्याउने बताएका छन् । मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ पनि फर्काए । आफूले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनेपछि देउवाले बन्दुक लिएर सीमानामा जानु भनेको भन्दै वार्तामार्फत भूमि फिर्ता ल्याउँने बताए ।
उनले भने – ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ’
यस्तै उनले प्रचण्डको संगत गरेपछि देउवाले बन्दुकको भाषण गर्न थालेको पनि बताए । उनले भने ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ ।’
अहिले गठबन्धनमा को प्रधानमन्त्री बन्ने तछाड मछाड रहेको भन्दै ओलीले गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन भएको बताए । आफूहरुले देशलाई प्रगतिको बाटोमा लगेको भन्दै उनले गठबन्धनका नाइकेहरूले देशलाई दक्षिणपन्थी दिशामा लगेको आरोप लगाए।