सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एमालेले नजिते कालापानी, लिपुलेक र लिम्पियधुरालगायत नेपाली भू–भाग फेरि धरापमा पर्छ : पृथ्वीसुब्बा गुरुङ

सोमबार, कार्तिक २१ २०७९

लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव एमालेले जित्नै पर्ने बताएका छन् ।  

उनले एमालेको जित नहुँदा कालापानी, लिपुलेक र लिम्पियधुरालगायत नेपाली भू–भागहरू फेरि पनि धरापमा पर्ने बताए । 

पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हासिल गर्नका लागि पनि मालेले जित्नुपर्ने बताए ।

 साथै उनले आगामी चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै भएको समेत बताएबताएका छन् । एमाले उपमहासचिव समेत रहेका उनले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी शक्ति एमालले जित्नैपर्ने भएकोले यो चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै भएको बताएका हुन् ।

त्यस्तै नेकपा एमलेका केन्द्रीय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जसले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधि भएर जाँदा त्यो जिम्मेवारीलाई कुशलतापूर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निष्कलंक व्यक्तिलाई चुन्नसके मात्रै जिल्लाको विकास हुने बताए ।

लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मर्स्याङ्दी पारी लगेर स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनारकिनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा रखेर यो काम गर्ने बताए ।

त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पिरमर्का बुजेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उमेदबारहरु रहेका भन्दै नेकपा एमालेको जित सुनिश्चि भएको बताए ।

13.jpg

34.jpg

12.jpg

11.jpg

10.jpg

9.jpg

8.jpg

7.jpg

6.jpg

5.jpg

4.jpg

2.jpg

312476695_678024393691876_7128506037611748887_n.jpg