बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसभित्रको आन्तरिक द्वन्द्व : खोटाङमा कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश

सोमबार, कार्तिक २१ २०७९

खोटाङ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ ।

यसै क्रममा खोटाङमा आइतबार नेपाली कांग्रेस परित्याग गरेर ५ दर्जनभन्दा बढीको संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका हु्न्। दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका छन् ।

बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिती सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन् ।

पार्टी परित्यागको घोषणा गरेको केही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन् । 

313436566_5577109012386170_3369351421284646136_n.jpg

कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन् ।

314410670_5577107765719628_7990842544691274316_n.jpg

उनीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख) का उम्मेदवार समेत रहेका रामप्रसाद दंगाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए ।

Capture.JPG