सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

निर्माणाधिन सुरुङमार्गको निरीक्षणमा पुगेका ओलीले भने : एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन (तस्वीरमा हेर्नुहोस्)

सोमबार, कार्तिक २१ २०७९

धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् ।

नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न यहाँ आइपुगेका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताए ।

आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनको भनाइ थियो । चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको उनले बताए ।

उनी प्रधानमन्त्री भएको बेला शिलान्यास भएको निर्माणाधीन नागढुङ्गानौबिसे सुरूङमार्गको नौबिसे तर्फबाट निर्माण भईरहेको सुरूङको अध्यक्ष ओलीले अवलोकन भ्रमण गरेर कार्य प्रगतिबारे चासो राखेका थिए । 

धादिङको समस्याका रूपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताए । उनले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को  सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेशसभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे ।

314413627_189584453630434_4563943358834300712_n.jpg

314417277_189584570297089_2323599671746196479_n.jpg

314510166_189584496963763_1116879052867900749_n.jpg

312561185_189584540297092_2610032116198042249_n.jpg

314374503_189584460297100_9103951996153419416_n.jpg

313406692_189587053630174_1306289226235842109_n.jpg

313304162_189584266963786_489197980206316826_n.jpg

313197554_189587036963509_6424492816677130392_n.jpg

312937011_189584553630424_1457897767332975372_n.jpg

313287871_189587103630169_7824361624242664448_n.jpg

313189379_189584633630416_2908682515093520517_n.jpg

313164158_189584480297098_4989417900901801205_n.jpg

313073179_189584430297103_6623190550546653444_n.jpg

313008113_189584620297084_6490667578978357799_n.jpg

312937011_189584553630424_1457897767332975372_n.jpg

312561185_189584540297092_2610032116198042249_n.jpg

312565949_189584113630468_2447793594418703408_n.jpg