रुपन्देही । एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले शनिबार बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै उनले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानीत तरिकाले बाँच्ने आधार बनाउने बताएका हुन् ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले भने ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् । त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उनले भने, ‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’
खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उहाले सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताए ।
उनले आफू खेलकुद मन्त्री खेलको विकासका लागि बन्दा दशरथ रंगशाला, टिटी रंगशाला लगायतको स्तरोन्नतिमा गरेको बताउँदै अर्थमन्त्री हुँदा प्रदेश स्तरीय खेलमैदान, एक प्रदेश एक रंगशाला निर्माण, हाइअटिच्युट खेलको प्रशिक्षण र सुरुवात, शान्तिका लागि दौड, खेल पूर्वाधारको स्तरोन्नति लगायतको काम गरेको बताए ।
‘खेल मैदान, खेल पूर्वाधार र प्रशिक्षण अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनु ह“ुदैन,’ उहाले, ‘अब खेललाई पर्यटन, स्वास्थ्य, संस्कृति, अनुशाशन, शान्ति र सदभावलाई जोडेर विकास गर्ने योजना छ ।’
रुपन्देहीको क्ष्ँेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उमेदवार समेत रहेका पौडेलले खेल प्रतिश्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिश्पर्धा सिक्नुपर्ने र स्वार्थ एवं अस्वस्थ प्रतिश्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने धारणा राखे ।
खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउँदै अब सबैका लागि खेल गतिविधि गरिनु पर्ने उनको भनाइ थियो । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।