बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजको मौसम: चार प्रदेशमा पानी पर्ने

आइतबार, कार्तिक २० २०७९

काठमाडौँ – आज (आइतबार) देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।