सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मृत अवस्थामा फेला 

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौ, काठमाडौं महानगरपालिका–४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थाई घर भई काठमाडौं महानगरपालिका–१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्रचार्य आफ्नै कोठमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल नाम,थर, वतन नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । 

कास्कीको पोखरा महानगरपालिका–१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका–१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका–६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।