बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मौसम पूर्वानुमान  :  यी भूभागमा हल्का वर्षाको सम्भावना

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।