बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड फाईनान्स मार्केटमा मिश्र नियुक्त 

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौँ  – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई वित्त बजार प्रमुख एवं ट्रेजरी प्रमुखमा नियुक्त गरेको छ । उनीसंग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रहीकाम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनु अघि मिश्र सनराइज बैंकमा ग्रुप ट्रेजरी, हेड ट्रेजरी फाईनान्सीयल एण्ड ग्लोवल मार्केटको कोषाध्यक्ष रहेका थिए । उनले सनराइज क्यापिटलमा डाईरेक्टर पदमा पनि काम गरि रहेका छन् ।

फेडानको पुर्व अध्यक्ष भई सकेका मिश्र हाल एशोसिएसन फर फाईनान्सियल प्रोफेसनल मेरिल्याण्ड युएसएका क्रियाशिल सदस्य हुन ।