सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चुच्चे नक्सा समेटिएको ठाउँबाट एमालेको चुनावी अभियान

शुक्रबार, कार्तिक १८ २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । ओलीले प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार उनी धनगढी पुगेका हुन् ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो,’ प्रदेश सचिव पाठकले भने ‘त्यो हाम्रो ठूलो उपलब्धी पनि हो । त्यसैले चुनावि अभियान पनि दार्चुलाबाटै सुरु गरी हाम्रो भूमि आम्रै अधिकारमा ल्याउन पहल गरिने सन्देश दिइने छ ।’

दार्चुला सदरमुकाम खलंगामा भोली बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।