काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी एमाले नेता केपी ओलीको भोलि दार्चुलामा हुने कार्यक्रमलाई लक्षित गर्दै ‘लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?’ भनि प्रश्न गरेका छन् । राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए ।
गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । उनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ ।’ देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए ।
उवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायमै रहेने बताएका छन् ।
कम्तिमा १०–१५ वर्षसम्म सँगै हिँड्ने उद्देश्यले गठबन्धन निर्माण गरेको बताउँदै प्रधानमन्त्री देउवाले चुनावपछि गठबन्धनमा आवद्ध दलबीच समस्या हुनेहोकी भन्ने सोच्न नहुने प्रधानमन्त्री देउवाको भनाई छ ।
‘राजनीतिक पद्धति र विकासलाई संस्थागत रूपमा विकास गर्न देशमा बलियो गठबन्धन आवश्यक छ,’ प्रधानमन्त्री उेउवाले भने, ‘अहिलेको शत्ता गठबन्धन त्यही मर्मअनुसार बनेको हुँदा यो गठबन्धन लामो सयक सम्म टिक्ने छ ।’