मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

बसको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु

बुधबार, कार्तिक १६ २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिका–८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधब पाण्डेको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भईरहेको छ । 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।