बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

डुबेर मृत्यु       

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२२ स्थित नख्खु खोलामा खनेको खाल्टोमा नुहाउने क्रममा डुबेर खोटाङ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठ्ठी बस्ने २१ वर्षीय देउचन्द्र राईको सोमबार दिउँसो मृत्यु भएको छ । 

रौतहटको गरुडा नगरपालिका–९ विर्ता गम्हरियास्थित सार्वजनीक पोखरीमा डुबेर सोही ठाउँ बस्ने कनही सहनीको छोरा ७ वर्षीय बिक्रम सहनीको सोमबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।