काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले पटकपटक अबको प्रधानमन्त्री म भन्दै भाषण गर्दै हिंडेका छन् । १० वर्ष राजनीति गर्ने यही बीचमा प्रधानमन्त्री हुने भनेर सपना देखेका थापालाई काठमाडौं ४ को निर्वाचन भने यसपटक निकै पेचिलो मात्रै हाेइन फलामकै चिउरा बन्न थालेको छ । कांग्रेसको प्रभाव रहेको र थापाका मावली खलकहरुको वर्चश्व रहेको कपन क्षेत्रका स्थानीय नै अहिले थापाको पक्षमा खुलेका छैनन ।
१० वर्षदेखि यही क्षेत्रकाे सांसद बनेका थापाले धेरै गफ दिएको र स्थानीय जनताका समस्या नसुनेकाे, जनहितका काम नगरेको भन्दै उनीविरुद्ध कपन क्षेत्रको जनमत आक्रोशित रहेकाे पाइएकाे छ । उक्त क्षेत्रकाे सडक, ढलकाे कन्तबिजाेग रहेकाे र हरेक वर्षकाे वर्षात् मा डुवानमा पर्ने गरेको छ । त्यसमा सांसद थापाले केही भूमिका नखेलेको दाबी स्थानीयको रहेको छ । त्यसैले, हाल एमालेकाे तर्फबाट बुढानीलकण्ठ नगरपालिकाका निर्वाचित मेयर मिठाराम अधिकारी पनि कपन क्षेत्रकै हुन् ।
गत निर्वाचनमा कांग्रेस भन्दै गगन थापालाई भाेट हाल्नेहरू १० वर्षसम्म स्थानीयकाे समस्याप्रति वेवास्ता गर्ने गगनसँग रूष्ट भएर अहिले यो क्षेत्रका हिजाे कांग्रेसका मतदाताहरू नै एमालेका उम्मेदवार राजन भट्टराईलाई सहयाेग गर्ने चर्चा गर्न थालेका छन् । त्यसो त, मैतीदेवी, रातोपुल र नक्साल क्षेत्रका मतदाता पनि थापाको दस वर्षकाे शैलीसँग रुष्ट रहेकाे बताउछन् ।
अघिल्लो चुनावमा वामगठबन्धनका नेता वामदेव गौतमले अबको प्रधानमन्त्री भन्दै भोट मागेका थिए । र, उनी पराजित भएका थिए । अर्न्तघातकै कारण पराजित हुन पुगेका गौतमझै थापा पनि प्रधानमन्त्रीको दाबीसँग यो चुनावमा सहज नभएको टिप्पणी ४ नम्बर क्षेत्रकाे कपन, भंगाल, गाेल्फुटार मण्डिखाटारका मतदाता र स्थानीयहरुले चाहिं एमसीसी समर्थक भनेर विराेध गरिरहेका छन् ।
सभापति शेरवहादुर देउवा र आरजु राणा देउवा पनि गगन कुमार थापाले प्रधानमन्त्री ताकेपछि उनीसँग रूष्ट रहेका छन् भने नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेताहरू पनि गगन कुमार थापासँग रूष्ट रहेकाे स्राेत बताउछ ।
कपन क्षेत्रमा बसोबास गर्ने गगन थापाका मावली खलकका आफन्तले सोलुको प्रदेश सभाका लागि टिकट मागेका थिए । प्रदेश सभाको टिकट माग्न गएका ती मावली खलकका आफन्तलाई थापाले वेवास्तामात्रै होइन, टिकट नदिने भनेर धम्कीकै शैलीमा फिर्ता पठाएपछि उक्त क्षेत्रका आफन्तहरु नै गगन थापासँग रुष्ट रहेको एक स्थानीयले बताए ।
पार्टीभित्र अन्तरकलह नहोस् भनेर थापाले आफ्नो क्षेत्रको प्रदेश सभामा प्रकाशमान सिंहको सचिवालयका एक आफन्तलाई उम्मेदवार बनाएका छन् । प्रधानमन्त्री नै ताग्दै आएका प्रकाशमान सिंह स्वयम् पनि गगन थापाकाे जित हाेस् भन्न चाहकेा छैनन् ।
कांग्रेस भित्रकाे राजनीतिमा काठमाडौंमा प्रकाशनमान र गगन थापाको लफडा लामाे समयदेखि चल्दै आएको छ । अहिले यिनै उल्लेखित फ्याक्टरले पनि थापालाई अप्ठ्यारो पर्ने अनुमान गरिएको छ । साँघुबाट