मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

तनहुँमा नेकपा एसका उम्मेदवारले एमाले उम्मेदवारलाई समर्थन गर्दै गरे उम्मेदवारी निष्क्रिय

मंगलबार, कार्तिक १५ २०७९

तनहुँ । तनहुँको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा (एमाले ) का उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

उनले विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा २ (क) मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् ।
उनले विज्ञप्तिमा लेखेका छन्, ‘कम्युनिष्ट विचार र मान्यताबाट अघि बढिरहेको सचेत कार्यकर्तालाई काँग्रेसको पिछलग्गु भई हिँड्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्न चाहन्छु ।’