बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं : काठमाडौं महानगरपालिका–१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ८० रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।