बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमालयन बैंकद्धारा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग

सोमबार, कार्तिक १४ २०७९

काठमाडौं, हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रुपैयाँ चार लाख त्रिपन्न हजार आठ सय ४० रुपैंयाँ मुल्य बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस् भन्ने मनसायले एक समारोह बीच प्रदान गरेको हो । बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु प्रदान गरेको हो ।

सहयोगका  सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले  अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेज्यूलाई हस्तान्तरण गरेका हुन । सो समारोहमा बंैक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।