बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

शक्ति केन्द्रको आडमा सबैको पैसा झ्वाम पार्ने ‘चण्डी धन्दा’

सोमबार, चैत्र २८ २०७३

काठमाडौं । राजनीतिक शक्तिकेन्द्रको आडमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले राष्ट्रिय वाणिज्य बैंकको एक अर्ब रुपैयाँ भन्दा बढी कर्जा चुक्ता नगरेको देखिएको छ । बिभिन्न व्यवसायिक प्रयोजनको लागि सरकारी स्वामित्व कै वाणिज्य बैंक  भएपनि प्रमुख राजनीतिक दलका नेतासंग सम्वन्ध स्थापित गर्दे पूर्वअध्यक्ष ढकालले सर्वसाधारण नेपाली जनताले बैंकमा जम्मा गरेको अर्बौं रुपैयाँ तिरेका छैनन् । 
स्रोतका अनुसार पूर्वअध्यक्ष ढकालले कहिले पूर्वअर्थमन्त्री डा. रामशरण महत त कहिले पूर्व प्रधानमन्त्री केपी ओलीसँंगको सम्बन्ध देखाउँदै  कर्जा चुक्ता नगरी भाग्दै आएका छन् । राष्ट्रिय बाणिज्य बैंक निकट स्रोतका अनुसार ढकालले कर्जा लिएदेखि नै हालसम्म बैंकलाई बुझाउनु पर्ने साँवा ब्याज बुझाएका छैनन् । बैंकहरुले कर्जा असुलीको लागि प्रकृया सुरु गर्न लागेको सुईको पाउना साथ ढकालले शक्ति केन्द्र लगाएर कर्जा असुलीको ३५ दिने, १५ दिने सूचनासमेत निकाल्न नदिने गरेको बुझिएको छ । सोही कारण पनि अहिलेसम्म बैंकले ढकालको नाउँमा कर्जा चुक्ता गर्न आउनको लागि अहिलेसम्म सार्वजनिकरुपमा सूचनासमेत जारी गर्न नसकेको बैंकनिकट एक कर्मचारीले बताए ।  
ढकालको अर्को कर्तुत
महासंघ अध्यक्ष हुँदा आफ्ना पूराना निकटका व्यवसायीहरुबाट २० – ३० लाख रुपैयाँ सापटी लिने गरेका धेरै साथीहरु छन् । लिएपछि पैसा फिर्ता गर्न कहिले नजानेका ढकाल अहिले ती साथीभाईहरुको संसर्गमा छैनन् । अनौठो कुरा के छ भने १० वर्ष अघि भारतीय व्यवसायी भरत कठोरियासँग पाँच करोड बराबरको गार्मेन्टको कपडा ल्याएको पैसा उनले अहिलेसम्म तिरेका छैनन् । बीचमा कठोरिया नेपाल आएर महिनौं दिनसम्म रोइ कराई गरेर पैसा माग्दा उनले होटेलमा बस्नुस केही दिनमै हुन्छ भन्दै टारेका थिए । अन्तिममा केही सिप नलागेपछि कठोरियाले होटलमा बसेको पैसासमेत सापट लिएर तिरेर फर्केका थिए । ढकालका कारण यिनको उठीबास नै लागेको थियो । अर्को कुरा नयाँ बानेश्वरस्थित पानी ट्यांकी छेउमा रहेको चाइनिज रेस्टुरेन्ट बेइजिग रोस्ट डगमा ल्यू जियान लिसँग उनले पार्टनरसिपमा रेष्टुुरेन्ट चलाएका थिए । चाइनिज भए पनि अत्यन्तै भलाद्मी र सोझा लिलाई उनले ठूलो जालझेलमा पारी रेष्टुरेन्ट हडपेका थिए । सो रेष्टुरेन्ट अहिले उनकै मातहतमा आफूनिकट व्यक्तिबाटै सञ्चालन गरिरहेका छन् । 
शक्ति केन्द्रको आडमा बैंकको पैसा नतिर्ने, सोझा विदेशीहरुलाई जालझेलमा पार्ने, आफ्नो दुनो सोझ्याउने मामिलामा ढकाल लागेका छन् । उनको यस्तो धन्दा कहिलेसम्म चल्छ त भन्ने विषयमा व्यापापरिक क्षेत्रका मानिसहरुबीच चर्चा हुने गरको छ । सबैभन्दा आश्चर्यजनक कुरा त भाष्कर राज राजकर्णिकारले जस्तै ढकालले पनि बेला बेलामा मुर्गा पाइरहन्छन्  । फाइदा हुने देखिएपछि जसरी कर्णिकारले आफ्नै श्रीमतीको समेत धन खाएर लट्छन् ढकालको शैली पनि उस्तै छ । अमृतबजार मा खबर छ