काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
उनले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
डा. कार्कीले १ लाख १५ हजारभन्दा बढी बैठक भत्ता बुझेको बताइएको छ ।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्य चिकित्सकका रुपमा कार्यरत थिइन्।