बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लमजुङ कारागारमा एक कैदीको मृत्यु

आइतबार, कार्तिक १३ २०७९

लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन् ।

लमजुङका जेलर ताराबहादुर तामाङका अनुसार शनिबार राति २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको छ ।

 

०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।