बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पर्सीदेखि रेडक्रसको महाधिवेशन

शुक्रबार, चैत्र २५ २०७३

काठमाडौँ, २५ चैत ।

नेपाल रेडक्रस सोसाइटीको ४६औँ महाधिवेशन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा यही २७ र २८ चैतमा हुने भएको छ ।
देशका ७५ जिल्लाबाट दुई सय २५ प्रतिनिधि तथा पदाधिकारीलगायतको सहभागितामा महाधिवेशन हुनेछ । ‘सामुदायिक उत्थानशीलताका लागि साझेदारी’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले सो संस्थाका लागि आवश्यक वार्षिक बजेटका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । 

१९ भदौंं २०२१ मा सिंहदरबारको गद्दी बैठकबाट स्थापना गरिएको र प्रत्येक वर्ष महाधिवेशन हुने भएपनि यस वर्ष नेतृत्व चयन हुने छैन । प्रत्येक चारवर्षमा एकपटक नेतृत्व चयन हुने गर्दछ । दैवी प्रकोप तथा विपत् व्यवस्थापनमा क्रियाशील रहने उद्देश्यले स्थापित सो संस्थाको संस्थापक अध्यक्ष प्रिन्सेप शाह थिइन् ।  

समुदायको विकासका लागि समुदायमा आधारित कार्य गर्ने उक्त संस्थाले देशका विभिन्न स्थानमा सयभन्दा बढी रक्तसञ्चार केन्द्र तथा ७२ जिल्लामा दुई सयभन्दा बढी एम्बुलेन्स सेवा सञ्चालन गरेको संस्थाका सूचना अधिकृत दिव्यराज पौडेलले जानकारी दिए । गत आवमा करिब ८० लाख मानिसलाई विभिन्न किसिमका सेवा संस्थाले उपलब्ध गराएको जनाइएको छ ।