बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिवगञ्ज र कच्चुदह जोड्नेगरि कन्काई नदीमा पक्की पुल बन्ने

आइतबार, कार्तिक ६ २०७९

झापा । शिवगञ्ज र कच्चुदह जोड्नेगरि कन्काई नदीमा पक्की पुल निर्माण हुने भएको छ ।

तात्कालीन क्षेत्र नम्बर ४का सांसद एल.पि. साँवा लिम्बुको पहलकदमीमा रणनीतिक सडक अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित शिवगञ्ज पुरानो बजारको पूर्व र झापा गाउँपालिका वडा नम्बर ७ कच्चुदह जोड्नेगरि कन्काई नदीमा ६५० मिटर पक्की पुल बन्ने भएको हो ।

312566585_518888323418848_8519475438590658867_n.jpg

सांसद साँवाको पहलकदमीमा उक्त योजना अन्तर्गत आर्थिक वर्ष २०७८–७९ को बजेटमा ३.७ करोड बजेट समेत छुट्याइ पुल निर्माण योजना अन्तर्गत टेण्डर आव्हान समेत भएको छ ।
पुल नहुँदा वर्सौदेखि समस्या झेलिरहेका उक्त क्षेत्रका वासिन्दा पुल निर्माण हुने भएपछि अत्यन्त खुशी भएका छन् । उक्त पुल निर्माण हुने भएपछि यहाँका हजारौं स्थानीय प्रत्यक्ष लाभान्भित हुने भएका छन् ।

308096077_505013788192039_6898505732297059398_n.jpg
 साविक शिवगञ्ज गाउँपालिका अन्तर्गतका वडाहरु नदि पूर्व र पश्चिम रहेकाले यहाँका स्थानीयले वर्सौदेखि खेप्दै आएको हैरानी र नदी तर्दा भोग्दै आएको जोखिम पनि अब नहुने भएको छ । यतिमात्र होइन माई (कन्काई) को उर्लदोँ भेल तरेर खेति गर्नुपर्ने बाध्यता समेत अब नहुने स्थानीय बताउँछन् ।

 

यसैगरी वारिपारिका विद्यार्थीले समेत पठाइका शिलशिलामा वारिपारि गर्न अब सहज हुनेमा उनीहरुले खुशी व्यक्त गरे । यहाँका वासिन्दाले वारिपारि गर्न झण्डै १५ किलोमिटर उत्तरमा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पुल प्रयोग गर्नुपर्ने वाध्यता अब हट्ने भएको छ । निर्माणधीन हुलाकी राजमार्गअन्तर्गत चौरी–झापा बजार जोड्ने पुल पनि झण्डै १२ किलोमिटरमा रहेको छ ।

312614771_1806458559702988_3275500542876303915_n.jpg
शिवगञ्ज झापाको पुरानो बजार हो । तरपनि यो क्षेत्रले उल्लेख्य गति लिन सकेको छैन ।

साँवा यहाँको जनप्रतिनिधि चुनिएपछि विगतका केही वर्ष यता मात्र यहाँ सडक, विजुली, खानेपानीलगायतका विकासका पूर्वधारमा पहलकदमी भएको पाइन्छ ।

राजनीतिक हिसावले पहिलेदेखिनै नेता जन्माएको यो क्षेत्र नेताहरुनै राजधानी लगायता ठाउँमा यहाँबाट बसाई सरेर जानाले विकासमा पछि परेको यहाँको स्थानीयको गुनासो छ । अझै पनि धेरै ठाउँमा ग्रामीण सडक, वत्ति र खानेपानी, स्वास्थ्य लगायतका समस्या रहेकोले सही र इमान्दार प्रतिनिधि चुन्न सकेमात्र जनताले सोच अनुसार विकास हुनसक्ने स्थानीय बताउँछन् ।