मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मधेसमा केपी ओलीको लोकप्रियता बढ्दै गएपछि प्रचण्डलाई चिन्ता

आइतबार, कार्तिक ६ २०७९

जनकपुरधाम । मधेसमा दिन प्रति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता बढ्दै गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिन्ता बढेको छ ।

पछिल्लो समय मधेरमा एमालेमा प्रवेशको लहर नै चलेको छ । यसरी एमाले र ओलीप्रति मधेसी जनताले आकर्षण देखाएपछि माओवादी अध्यक्ष प्रचण्डलाई निक्कै सकस भएको देखिएको छ । जसको उदाहरण हो शनिबार उनले जनकपुरधाममा आयोजित सत्ता गठबन्धनको सभामा दिएको अभिव्यक्ति ।
 उनले उक्त सभामा सम्बोधन गर्दै मधेसमा केपी ओली हाबी हुनु दुखद् भएको बताए । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए ।

ुमधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,ु उनले भनेका थिए ।

मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो । 

अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे ।

मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।