बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्दैन

शनिबार, कार्तिक ५ २०७९

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै जनताले निर्वाचनमार्फत एमालेलाई नै सरकारमा पठाउने बताए । उनले अब जनताको मतबाटै एमालेलाई निर्वाचनपछि सरकारमा जान कसैले नरोक्ने बताए ।

चुनावपछि बन्ने एमालेले सरकारको नेतृत्व गरेपछि रेलभन्दा छिटो विकासका कामले गति लिने पनि बताए । फरक स्वार्थसहितको वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको भन्दै अब सबै काम एमाले सरकारले गर्ने बताए ।

ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने बताए । अरु जस्तो ‘फ्री भिषा फ्री टिकट’ भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गर्दै अघि बढेको दावी गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।