बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंक भन्छ, निर्यात व्यापार घट्यो

शुक्रबार, कार्तिक ४ २०७९

दुई महिनामा २८ अर्ब ६८ करोड रुपैंयाँको बस्तु निर्यात

काठमाडौं, मुलुकको निर्यात व्यापार पछिल्लो समय घटेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको दुई महिनामा कुल वस्तु निर्यात ३४ दशमलव नौं प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैंयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ । 

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले घटेकोमा अन्य मुलुकतर्फको निर्यात भने १३ दशमलव दुई प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची,

दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा कुल वस्तु आयात भने १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ६० करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव नौं प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौं दशमलव पाँच प्रतिशत, १३ दशमलव तीन प्रतिशत र २० दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेपनि सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात भने घटेको देखिएको छ । 
निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयातततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ  । आर्थिक वर्ष २०७९-८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा नौं दशमलव चार प्रतिशतले कमी आई दुई खर्ब ४४ अर्ब ९२ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।