बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज केही स्थानमा बदली र यी प्रदेशमा हल्का वर्षाको सम्भावना 

बिहिबार, कार्तिक ३ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो  ।

महाशाखाका अनुसार राति पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले आँकलन गरेको छ ।