काठमाडौँ – सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले लगानीकर्ता सचेतना तथा अभिवृद्धि कार्यक्रम ताम्राकार पार्टि भेन्यु पनौतीमा सम्पन्न गरेको छ । धितोपत्र नियमन निकायको अन्तराष्ट्रिय संस्था ( आईओएससिओ को आव्हानमा २०७९ असोज २६ गते देखि कार्तिक १ गते सम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशब्यापी रुपमा सचेतना कार्यक्रम भैरहेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडका लगानी ब्यवस्थापन प्रमुख अञ्जु महर्जनले शेयर बजार सम्बन्धि बेसिक,फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिएका थिए । साथै धितोपत्र बजारमा जोखिम रहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारीहरु दिए । महर्जनले दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको ब्यवस्थापन हेरेर मात्र लगानी गर्न सुझाव दिए । साथै लगानी गर्ने तिब्र ईच्छा भएर पनि समय र ज्ञानको अभाव भएमा क्यापिटलले लगानी ब्यवस्थापन गरिदिने जानकारी दिए । क्यापिटलका वित्त ब्यवस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले कार्यक्रमको उद्येश्य तथा महत्व बारे प्रकाश पारिन । साथै श्रेष्ठले हितग्राही खाता संचालन, शेयर अभौतिकरण तथा लगानी ब्यवस्थापन सम्बन्धमा क्यापिटलबाट निःशुल्क परामर्श तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दे जानकारी दिईन ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो शेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी ब्यवस्थापनमा समेत बैंकको शाखा मार्फत सहजिकरण गरिने जानकारी दिए।
कार्यक्रममा शेयर लगानीकर्ता, बैकर्स, उद्योगी, ब्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा,नाला,साँगाका शाखा-प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम,वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ।
सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड सेञ्चुरी कमर्सियल बैङकद्घारा प्रबर्धित मर्चेन्ट बैंकर हो । बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा १४८ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत बैकिङ्क सेवा प्रदान गर्दै आइरहेको छ ।